एक समय

तपाई कहाँ सम्म हो दाई ?

बेलुकी पख तेही साझाको ६ बजेको थियो, जाडोको समय तेही माथि झन् बर्सकै छोटो दिन को भोलि पल्ट | म आफ्नो काम सकाएर एकछिन बाहिर तिर डुल्न जाने सोच बनाए र घर बाट निस्किए | घर बाट केहि मीटर हिडे पछी आइसकिरिम पसल आयो र तेहा पुगे पछी सोचे कि “सचिन लाई नभेटेको धेरै दिन पो भयेछ”, अब आज तेतई जान पर्यो |

यो सोचेर म बिस्तारै तल तिर मोडिए, ३/४ ओटा दोकान तल आएपछि बिस्तारै यौटा चिनेको अनुहार बिस्तारै आँखामा पर्न थाल्यो, केहि बेरमै भान भयो कि तिनी राजु दाइ पो रैचन | “कता गएर आएका हौ दाइ” राजु दाइले पनि मलाई बाटोमा तेस्तो चिसो अवस्थामा भेटेकोमा अब हिजोको झैँ दबाउनु पर्छ भन्ने सोचेका रैचन, उनले भने “अन्द्रोइडको क्लास पढाएर आएको नि”|

राति दोकान बन्द हुने बेला तेही माथि बत्ति नभएर अन्धकार, हामीले बाटोमा नै कुरा गर्न ठिक मानेनौ र मैले येस्सो तल सम्म जाहु अनि कुरो हुन्छा भने र हामी बिस्तारै तल बागवानी कृषि अनुसन्धान को गते नेरी आएर कुरा गर्न थालेउ | “आज पनि जाडो छ येस्सो दबाउने होइन र?” राजु दाइ ले सोधे,  “हिजो झन्डै घरमा थपाए तिमिले जेसुकै भन आज त  नखाने”  मैले भने, अब नया वर्ष आउदै छ तेस्मै हिलिक्कै आउने तरिकाले दबौला |

अनि अब मैले कुनैपनि हालत मा आज नदबउने भए पछी राजु दाइले बत्ति कतिखेर जाने हो भनेर सोधे मैले मोबाइल मा हेरेर ८ बजे जान्छ अजि एक घण्टा छ २० मिनेट येस्सो तल सम्म गएर आम भने अनि दुवै तल तिर लगियो | अनि शान्ति नगर चोक मा पुगे पछी फर्किने विचार गरेर मालेपाटन निस्कने बिचको बाटो बाट माथि लागेउ | बाटोमा खसी कृष्णको होटेलमा रक्सि बसाई रहेको सुमेर राजु दाइले म तिर हेरेर मुसुक्क हासे |

थोरै माथि आएपछि औता छेउको घरबाट आवाज सुनियो “किन तैले मलाई येसरी हेप्चास मु……….” | यो आवाज लाई बेवास्ता गरेर हामी आफ्नो बाटो लाग्दै थियेउ र केहिबेर पछी त्यो झगडा भएको घर बाट औता दाइ निस्किए | राति को समय भएकोले  मानब आकृति थम्यौना मात्र सकिन्थ्यो, अनुहार केहि धेखिन्थेन, त्यो मानिस पुरुषहो भन्ने मैले ठम्याए र येस्सो हात मा हेरेको लौरी जस्तो धेखे तर उसले त्यो लौरी लै आफ्नो दातले भाच्दै चबाउदई गरेकोले मैले त्यो लौरी उख्नु होकि भन्ने संका गरे र त्यो सहि रैछा भन्ने थोरै माथि को पोल मा बलेको बत्ति ले गर्दा थपाये|

ति दाइ थोरै माथि गएर हामी आउदै गरेको देखेर एक छिन उभिए | हामी हिड्दै गर्दा त्यो दाइ को नजिकै पुगेउ, “ये भाइ बिबेक ठुलो कि धन” तिनले सोधे, राजु दाइ मेरो बाया तिर भएकोले उनले नसुने जसरि मुसु मुसु हास्दै थिए, हामीले ति नया दाइ लै नचिनेकोले खासै पैले बोल्ने सुर निकालेनउ र हिड्दै गयेउ हामी रोकियेनौ |

ति नया पनि हामी संगै हिडे, कुन्नि के के गुन् गुनौउदै थिए मैले झ्याप्पै सोधे “ए दाइ के भयो?” तिनले बडो दुख परे जसरि भने “मलाई के भाइ मेरा बौउले हेप्ने, पैसा कमयेना भनेर”| बिचार आमाले आफ्नो भगवान “कृष्ण” र “राम” को पुजा नगरी राधे राधे मा लाएर भएको पैसा पनि उडाएको भनेर दुख पोखे | मैले केहि बोल्ने ठाउ भेटिन र चुप चाप लागि रहे |

उनि बोल्दै गए, उनले संस्कृत मा मिठा श्लोकहरू पनि भने र तेस्को अर्थ पनि हाम्लाई बुजौने प्रयास गरे | औता उनले भनेको कुरा एस्तो थियो –

“हेर भाइ मुर्ख लाई बिद्या पंनी बिस सरह हुन्छ, घमण्डी मानिस आफै फुटेर झान्छ|”

“अर्काको नराम्रो सोच्ने को आफ्नै नराम्रो हुन्छ, अर्काकी स्वास्नी लै अंगालो हाल्ने को आफ्नो स्वास्नी लाई अर्कोले  अंगालो हालेको हुन्छा ”

उनले धेरै ज्ञान का कुरा गरि रहेका थिए मा चाइ कुरा राम्रो लागेकाले सुनी रहेको थिए | राजु दाइ केहि बोलेनन् उनि मात्र मुसु मुसु हासी रहे | केहि बेर अलि माथि दोबाटो थियो हामी घर आउन चौर बाट हिडेर जानु पर्थ्यो | तर ति दाइ तेस्तै तेस्तै कुरा गर्दै हाम्रै तालमा हिडी रहे, मलाई जति ज्ञान का कुरा भए पनि अब चाही झ्याउ लागि सकेको थियो तेसैले मैले सोधे “तपाई कहाँ सम्म हो दाई?”, उनि एक्कासी बिउजिये जस्तो सोरमा भने मत एई चौर तिर हो भाइ|

मैले पनि मन मनै लौत भनेर हमु चौर को बाटो लागेउ| उनि अजि चिच्याउदै थिए “ए भै धन ठुलो कि बिद्या”| राजु दाइ ले अब चाही हासो खप्न सकेनन र मज्जाले हासे अनि हामी तेही ’boutमा कुरा गर्दै घर तिर लागेउ|

Advertisements

One thought on “तपाई कहाँ सम्म हो दाई ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )